अ+
अ
अ-
काठमाडौं । खाना पकाउने ग्यासको अभाव भएपछि त्यसको विरोधमा काठमाडौंको सडकमा आगो बालेर खाना पकाइएको छ।
काठमाडौंस्थित आरआर क्याम्पस अगाडि अनेरास्ववियुले इँटाको चुलो बनाएर सडकमा खाना पकाउँदै विरोध जनाएको हो। ग्यास अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन सडकमा खाना पकाएर खानासमेत खाएकाे तस्बिरहरु देख्न सकिन्छ ।
विरोधका क्रममा सडकमा इँटाको चुलो बनाएर आगो बालिएको थियो। सहभागीहरूले त्यहीँ खाना पकाएर सडकमा बसेर खाना खाएका थिए।
ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने, अभावको कारण पहिचान गरी तत्काल समाधान गर्नुपर्ने तथा सर्वसाधारणलाई सास्ती हुने अवस्था अन्त्य गर्नुपर्ने मागसहित विरोध गरिएकाे छ।
घटनासँग सम्बन्धित सडकमा आगो बालेर खाना पकाउँदै गरेको तथा सहभागीहरू सडकमा बसेर खाना खाइरहेको तस्बिरहरू सार्वजनिक भएका छन्।


