अ+
अ
अ-
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा पहिरोमा परी ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा शून्य, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ वटा शव फेला परेका छन्।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनको खोजी तथा फेला परेका शवको पहिचान गर्ने कामसमेत भइरहेको छ।


