अ+
अ
अ-
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा नेपाल सरकारले २१ हजार ३ सय १६ जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढी गएको छैटौँ दिनसम्म नेपाल प्रहरीका ७ हजार ९ सय २१, नेपाली सेनाका ९ हजार १ सय ९९ र सशस्त्र प्रहरीका ४ हजार २ सय ३ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।
परिचालित सुरक्षाकर्मीले अहिलेसम्म ११ हजार ४ सय ८४ जनाको उद्धार गरेका छन्। हवाई उद्धारमार्फत २ सय ७३ जना विदेशी नागरिक र ३ हजार ५ सय ९ जना नेपाली नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बाढीपछि सुरक्षाकर्मीले खोज तथा उद्धारसँगै बेपत्ताको खोजी, शव फेला पार्ने तथा व्यवस्थापन, राहत वितरण र प्रभावित क्षेत्रमा आवश्यक सेवा पुनःस्थापनाको काम समेत गरिरहेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायको टोली निरन्तर परिचालन भइरहेको छ।


