अ+
अ
अ-
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ जना पुगेको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट गरी अहिलेसम्म १ हजार ३ जनाको शव फेला परेको पछिल्लो विवरणमा उल्लेख छ।
विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, चितवनमा ३२१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
बाढीमा परी ३ हजार ८ सय ९६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका २४, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, रसुवाका ५६५, नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनाका ६३९, क्वारेन्टाइन कार्यालयका ३, विदेशी नागरिक ५१३, नेपाली पर्यटक १६४ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेका छन्।


