भोटेकोसी बाढीमा ३ हजार ९ सय १६ बेपत्ता, ९८७ शव फेला

बाढीले क्षति पुर्‍ययाएको नुवाकोटको त्रिशूली बजार त्रिशूली (नुवाकोट),१३ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले क्षतिग्रस्त भएको नुवाकोटको त्रिशूली बजार। नदीमा आएको बाढीले बस्तीका संरचनामा ठूलो क्षति पुर्‍याएपछि बजार क्षेत्र बगरमा परिणत भएको छ। तस्बिरः प्रदीपराज वन्त/रासस
अ+
अ
अ-

काठमाडौ । भोटेकोसीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता हुनेको संख्या ३ हजार ९ सय १६ पुगेको छ। सरकारी तथ्यांकअनुसार ती व्यक्ति अझै सम्पर्कमा आएका छैनन्।

बाढीमा परेर बेपत्ता भएकामध्ये ९ सय ८७ जनाको शव भने फेला परिसकेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार शव फेला परेकाे प्रमाणित हुन सकेकाे हो ।

बाढीमा परेर नुवाकोटमा ९५, रसुवामा २७, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको थियो ।