अ+
अ
अ-
फिलिपिन्सले एफआईबीए बास्केटबल विश्वकप २०२७ को एसियन छनोटमा इरानलाई ६८–५६ अंकले पराजित गरेको छ।
आइतबार फिलिपिन्सको पासे सिटीमा भएको खेलमा इरानले पहिलो क्वार्टरमा १८–७ को अग्रता लिए पनि घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। दोस्रो क्वार्टरमा २९ अंक जोडेको फिलिपिन्सले मध्यान्तरसम्म ३६–३४ को अग्रता बनाएको थियो।
दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्दै फिलिपिन्सले १२ अंकको जित निकाल्यो। खेलका क्रममा फिलिपिन्सका ड्वाइट रामोस र इरानका मोहम्मद अमिनी बल नियन्त्रणका लागि प्रतिस्पर्धा गरेका थिए।
जितसँगै फिलिपिन्सले एसियन छनोटमा आफ्नो स्थिति थप बलियो बनाएको छ।


