अ+
अ
अ-
फ्रान्सेली लिग–१ अन्तर्गत एएस मोनाकोले ओलम्पिक मार्सेइलाई २–० गोलले पराजित गरेको छ।
अगस्ट ३० मा मोनाकोस्थित स्टेड लुइस–२ मा भएको खेलमा घरेलु टोलीका पेरिस ब्रुनरले दुई गोल गर्दै मोनाकोलाई महत्वपूर्ण जित दिलाए। उनले पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
दोस्रो हाफमा पनि ब्रुनरले व्यक्तिगत दोस्रो गोल थपेपछि मोनाको २–० ले अघि बढ्यो। त्यसपछि मार्सेइले गोल फर्काउने प्रयास गरे पनि मोनाकोको रक्षापंक्ति तोड्न सकेन।
खेलमा मार्सेइका इंग्लिस मिडफिल्डर एन्जेल गोम्स पनि मैदानमा थिए। उनले टोलीका लागि आक्रमण सिर्जना गर्ने प्रयास गरे पनि गोल गर्न सकेनन्।
जितसँगै मोनाकोले लिगमा आफ्नो बलियो सुरुआतलाई निरन्तरता दिएको छ भने मार्सेइले महत्वपूर्ण अंक गुमाएको छ।
तस्बिर : भ्यालेरी हासे/एएफपी


