रसुवा बाढीका मृतक पहिचान गर्न भारतीय फरेन्सिक टोली नेपालमा

अ+
अ
अ-

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका क्रममा मृत्यु भएका तथा पहिचान हुन नसकेका शवको पहिचानका लागि भारतबाट फरेन्सिक विज्ञ टोली नेपाल आएको छ।

बाढीमा ज्यान गुमाएकाहरूको डीएनए नमुना परीक्षण तथा पहिचान प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय फरेन्सिक टोली नेपाल आएको हो। टोलीले नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा शिक्षण अस्पतालका नेपाली विज्ञहरूसँग आवश्यक समन्वय र छलफल गरेको छ।

बाढीका कारण केही शवको पहिचान गर्न कठिन भएपछि डीएनए परीक्षणलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको हो। भारतीय टोलीको प्राविधिक सहयोगले पहिचान हुन नसकेका शवको वास्तविक परिचय खुलाउन सहज हुने अपेक्षा गरिएको छ।

यसअघि रसुवासहित बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको थियो। मृतकको पहिचानपछि शव परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।