अ+
अ
अ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सहभागी छन्।
बुधबार तिब्बतबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको ठूलो जनधनको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा राजनीतिक दलहरूसँग छलफल, परामर्श र सुझाव लिन रास्वपा अध्यक्ष रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।


