रसुवा बाढीबारे प्रधानमन्त्री साहले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

priminister
अ+
अ
अ-

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र साहले रसुवामा गएको बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री साहले विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर उद्धार तथा राहतमा जुट्न आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा सुरक्षा अवस्थाबारे प्रधानमन्त्री साहलाई ब्रीफिङ गरेका थिए।

बैठकमा विपद्को वर्तमान अवस्था, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उपाय र सम्भावित जोखिम न्यूनीकरणका विषयमा छलफल हुने बताइएको छ।