काठमाडौ । आफ्नो अलाेकप्रियताले सरकार संचालन र पार्टीमा विवादित पात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक हस्तक्षप भन्दै लगाउने आराेप गलत प्रमाणित भएको छ। उनैले बनाएकाे कार्यदलले पार्टी कमजोर हुनुकाे कारण ओली नै भएकोआराेप लगाएको हो ।
महासचिव शंकर पाेखरेलकाे संयाेजकत्वमा गठित १५ सदस्यीय कार्यदलमा प्राय: उनकै नजिक घुमिरहने र लाभकाे पद लिइरहेका नेताहरु थिए। देशभरबाट लिइएको सुझाब प्रतिवेदनमा ओलीकाे अलाेकप्रियता र पार्टी भित्रकाे निरंकुश शैलीले नेकपा एमाले कमजाेर भएको उल्लेख छ। गत भाद्रकाे जेन जि आन्दोलन र फागुनमा भएको निर्वाचनमा ओलीकाे उपस्थितिलाई नकारात्मक रुपमा प्रस्तुत गरेका छन् । उता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे सदस्यता नविकरणमा ओलीले देखाएको रौद्र रुपले पनि कार्यकर्तालाई थप मलजल गरेको यथार्थ भुल्न मिल्दैन् । त्यतिबेला भण्डारी गुटबाट वकालत गर्ने नेता कार्यकर्तालाई पार्टीबाट निस्कासन र कार्बाही गर्नेसम्मका गतिविधिले ओलीकाे छवि धुमिलिंदै गरेको थियो ।
पार्टी कार्यकर्ताको असहयोग र असन्तुष्टिलाई आन्तरिक र बाह्य घेराबन्दी भन्दै ओलीले आराेप लगाउने गरेका थिए। उता नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले एक कार्यक्रममा घुमाउराे शैलीमा विचार राखेकै कारण कसरी मुख बन्द गरिन्छ भन्ने उदाहरण हेर्न टाढा जान नपर्ने बताएका थिए । उनले बाेलेकाे तीन दिन पछि नै कार्यदलकाे प्रतिवेदनले ओलीलाई दाेषी करार गर्याे ।
ज्ञावलीले भनेका थिए,`हामीले विचारलाई विचारले नै प्रतिस्थापन गर्ने हो । विचार राख्न राेक्न हुदैन्। सयौं फुल फुल्न पाउनु पर्छ। भौतिक रुपमा त पाखा लगाइयाे अब मानसिक रुपमा कसरी मौन बस्न पहल गर्ने भनेर लागिरहेका देखिन्छ ।´ उनकाे यो भनाइमा प्रष्ट रुपमा ओलीकाे नाम नलिएको भए पनि सांकेतिक रुपमा ओली लक्षित थियो । उता एमालेका युवा नेता भनिएका राम कुमारी झाँक्री ,याेगेश भट्टराई , उषाकिरण तिमल्सिनाहरुकाे आक्राेश यथावत् छ। राष्ट्रिय सभा सदस्य समेत रहेकी झाँक्रीले एक टेलिभिजन कार्यक्रममा ३८ वर्षकाे प्रधानमन्त्री भएको देशमा ७८ वर्षकाे बुढा नेतालाई कसले पत्याउने भन्दै व्यङ्ग्य गरेकि थिइन् । उनकाे यो भनाइले ओली एमालेमा डेटस्पाएर नेता हुन भन्न खाेजिएकाे बुझिन्छ ।
पार्टीबाट कार्वाही भाेगेकि र पटकपटक ओलीलाई ठाडाे गालि गर्दै आएकि अर्कि नेता उषाकिरण तिमल्सिना कहिले पनि ओलीसँग सहमत छैनन् । ओलीका विश्वास पात्र शंकर पाेखरेल नै ओलीकाे विपक्षीमा देखिएका छन् । प्रतिवेदमा उल्लेख भए अनुसार आफू अनुकुल ७० वर्षिय उमेरहद लागू गरिएकोमा व्यापक असन्तुष्टि छ। अब उमेरहद विधान अनुरुप नै ७० वर्प बनाउनु पर्ने सुझाव छ।
अधिल्लाे अधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका भिम रावललाई तावामा सेकाइएको र कार्वाहीकाे ठाडाे डण्डा चलाइयाे । केही समय अधि सम्पन्न अधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका एमाले नेता इश्वर पाेखरेलकाे हालत सम्भवत: भिम रावलकाे भन्दा कम छैन् । महासचिवमा उठेर पनि हार व्यहाेरेका सुरेन्द्र पाण्डे अझ बाेल्न छाेडेका छैनन् । उनकाे बाेली अहिलेसम्म सामाजिक संजाल र संचार माध्यममा बिकिरहेका छन् । उनी पार्टीलाई दाेस्राे पुस्ताले नेतृत्व गर्नु पर्छ भन्ने धारणा राख्ने व्यक्ति हुन्।
उता, प्रतिवेदनमा उल्लेख भएअनुसार पार्टी जीवनको लोकतान्त्रीकरणको प्रमुख आधारका रूपमा रहेको उमेरहद र कार्यकालको सीमा हटाउँदा पार्टीको क्रियाशीलतामा नकारात्मक असर परेको पार्टी कार्यकर्ताहरूको बुझाइ यथावत रहेको देखिन्छ।
ओलीको चाहनाविपरीत प्रतिवेदन दिनेमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल रहेका छन्। उनीहरूकै अध्यक्षतामा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गरिएको बुझिएको छ।
त्यसैगरी ओली कित्तामै रहेर विभिन्न समयमा लाभका पद लिएका ओलीका विश्वासपात्रहरू लेखराज भट्ट, पद्मा अर्याल र भानुभक्त ढकाल तथा आठै भौगोलिक प्रदेशका इन्चार्जहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, महेश बस्नेत, लीलानाथ श्रेष्ठ र दामोदर भण्डारी पनि ओलीलाई पार्टीबाट बिदा गर्नुपर्ने पंक्तिमा उभिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसरी पछिल्लो समय आलोचना र संगठनात्मक कमजोरी भोग्दै गएको एमालेमा पार्टी आलोचित हुनुको पछाडि प्रमुख पात्र ओली नै रहेको प्रतिवेदनले पुष्टि गरेको देखिन्छ


