आँखाकाे स्वास्थ रिपाेर्ट अनुसार सभामुखकाे रुलिङ प्रधानमन्त्रीले मान्ने बाध्य नहुने

अ+
अ
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन साहले बुधबार प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाएर सहभागी हुने भएका छन्।

प्रधानमन्त्री साहको आँखामा विशेष सुरक्षा आवश्यक देखिएपछि चिकित्सकले चस्मा नखोल्न सुझाव दिएका हुन्। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा गरिएको आँखाको परीक्षणपछि चिकित्सकले कालो चस्मा र विशेष आई ड्रप प्रयोग गर्न सुझाव दिएका छन्।

नेत्ररोग विशेषज्ञ एसोसिएट प्रोफेसर लेफ्टिनेन्ट कर्नेल डा. सचित ढकालका अनुसार प्रधानमन्त्री साहलाई कार्बोक्सीमिथाइल सेल्युलोज ०.५ प्रतिशतको आई ड्रप प्रयोग गर्न सल्लाह दिइएको छ।

प्रधानमन्त्री साह बुधबार प्रतिनिधिसभामा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन्। आँखाको सुरक्षाका लागि चिकित्सकले दिएको सुझावअनुसार उनी संसदमा कालो चस्मामै उपस्थित हुने भएका हुन्।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणसम्बन्धी मेडिकल रिपोर्ट संघीय संसद् सचिवालयमा समेत उपलब्ध गराइएको बताइएको छ।