काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) ले केही केन्द्रीय सदस्य सहित विभिन्न विभागीय संगठनका प्रमुखकाे जिम्मेवारी ताेकेकाे छ। बिहीबार बसेकाे बैठकले सात जना केन्द्रीय सदस्य मनाेनित गरेको हो ।
बैठकले काेषाध्यक्ष, सहकाेषाध्यक्ष र पार्टी प्रबक्ता पनि मनाेनित गरिसकेकाे छ । पार्टीको संगठन विभाग प्रमुखमा नेता प्रमाेद न्यौपानेलाई जिम्मेवारी ताेकिएकाे छ। न्यौपाने प्रतिनिधि सभा सदस्यकाे समानुपातिक काेटामा पार्टीको प्रविधिक याेगका आधारमा समाबेश हुन नसक्दा बाहिरिनु परेको थियो ।सभापति लामिछाने निकट न्यौपाने हालसम्म कुनै पनि महत्त्वपूर्ण जिम्मेवारीमा थिएनन् ।
पार्टी स्थापना कालदेखि र सभापति लामिछाने विभिन्न मुद्दामा जेल र अदालत घुमिरहँदा उनी यस्ता एक व्यक्त हुन्। जसले सभापतिकाे साथ छाेडेनन्। पार्टी संगठन र राजनीतिक पदमा कहिं कतै स्थान नपाएका न्यौपानेलाई जिम्मेवारी बाहिर राख्न नहुने चर्चा बारम्बार चल्ने गरेकाे थियो ।


