कांग्रेसकाे विधानविपरीत गतिविधि गर्ने देउवा र शशांक पनि कार्वाहीमा पर्न सक्ने संकेत

अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान र अनुशासनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको मर्यादा र विधानविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गरिने जनाएको हो। समितिका संयोजक तारामान गुरुङले पार्टी अनुशासन उल्लंघन गर्ने कसैलाई पनि छुट नदिइने बताएका छन्।

गत आमनिर्वाचनमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न जिल्लाबाट ७ सय ५४ वटा उजुरी परेको समितिले जनाएको छ।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला इतर पक्षका नेता डा. शशांक कोइराला तथा पूर्वसभापति शेरबहादुर देउवाबाट भएका भनिएका विधानविपरीतका गतिविधिप्रति पनि समितिको ध्यानाकर्षण भएको संयोजक गुरुङले बताएका छन्।