रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी प्रारम्भिक रूपरेखा बनाउने

अ+
अ
अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक रूपरेखा तयार गर्ने भएको छ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकमा स्थानीय तह निर्वाचनमा लागू गरिने ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेजमाथि छलफल हुने कार्यसूची रहेको छ।

महामन्त्री विभिन कुमार आचार्यका अनुसार बैठकमा संगठनात्मक व्यवस्थापनसँगै केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी विषय पनि प्रस्तुत गरिनेछ।

यस्तै, केन्द्रीय समिति सदस्यदेखि प्रतिनिधिसभा सदस्य तथा स्थानीय तहका उम्मेदवार बन्ने आकांक्षीहरूसम्मका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।