काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघकाे ८१ अौ महासभामा सहभागी नहुने भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने निर्णय गरेको हो। सरकारका प्रवक्ताका अनुसार मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले महासभामा नेपालको प्रतिनिधित्व गर्नेछ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपालमा एसियाली विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ। उक्त विषयसँग सम्बन्धित बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भारत पठाउने निर्णयसमेत भएको हो ।
मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक सहकार्यलाई प्राथमिकतामा राखेको छ। पछिल्लोपटक प्रधानमन्त्री बालेन शाहकाे कुटनैतिक सक्रियताले यसलाई इंकित गरेको छ।

