अ+
अ
अ-
काठमाडौ । भारतको बिहार राज्यको समस्तीपुरमा सोमबार बिहान(६३३४४नम्बरकाे) यात्रुबाहक रेलको इन्जिनमा आगलागी भएको छ। आगो इन्जिनसँग जोडिएको डिब्बाकाे भागमा फैलिएको भए पनि समयमै नियन्त्रणमा लिन सकिएको थियो । कुनै मानवीय क्षति भएको छैन।
सिमरी बख्तियारपुर रेलवे स्टेसनमा बिहान करिब ३:४० बजे रेलको इन्जिनमा अचानक आगो लागेको थियो। आगलागीपछि रेलमा सवार सबै यात्रुलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
अग्नि नियन्त्रक कार्यालयका सहायक निरञ्जन कुमारका अनुसार आगलागीको सूचना प्राप्त हुनासाथ दमकलसहितको टोली घटनास्थल पुगेको थियो। केही समयको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।


