अ+
अ
अ-
एजेन्सी। अमेरिकाले इरानमाथि थप ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानले अझै ठूलो पीडा भोग्नुपर्ने भन्दै कडा अभिव्यक्ति दिएका छन्।
रिपोर्टहरूका अनुसार जुलाई २३ को राति इरानका विभिन्न क्षेत्रमा लगातार १३ वटा हवाई आक्रमण भएका थिए। ती आक्रमणमा सैन्य कमान्ड केन्द्र, ड्रोन भण्डार तथा तटीय समुद्री सैन्य क्षमतालाई निशाना बनाइएको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पश्चिमी प्रान्त खुजेस्तानमा अमेरिकी मिसाइल प्रहारबाट चार जनाको मृत्यु भएको छ। अमेरिकी चेतावनीको प्रतिवाद गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
इरानका तेहरान, खोरमाबाद, ओनारक, जास्क र खोदाबसहित पाँच प्रमुख सहरमा ठूलो आक्रमण भएको जनाइएको छ। साथै, उत्तरी इरानमा खसाइएको ड्रोन विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरिएको छ। यससँगै इरानसँगको युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको बताइएको छ।

