अ+
अ
अ-
काठमाडौं । इरानले कतार र संयुक्त अरब इमिरेट्स (युएई) लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कतार र युएईका हवाई प्रतिरक्षा प्रणालीहरूले अधिकांश मिसाइल र ड्रोनलाई आकाशमै निष्क्रिय पार्ने प्रयास गरेका छन्।
कतारको राजधानी दोहामा विस्फोटको आवाज समेत सुनिएको जनाइएको छ। बढ्दो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कतार सरकारले स्थानीय समयअनुसार बिहान ५:५६ बजे नागरिकहरूको मोबाइलमा आपत्कालीन सन्देश पठाउँदै घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ।
यस घटनापछि खाडी क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन। अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।


