समाचार

अरनिको र बि.पी. राजमार्गमा सवारी साधन आवागमन अस्थायी रुपमा बन्द

२०८२ असाेज,१८
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक अत्यन्त जरुरी सूचना जारी गर्दै २०८२ असोज १८गते बिहान ९:०० बजेदेखि असोज २० गते सोमबारसम्म अरनिको राजमार्ग र बि पि राजमार्गका सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको चेतावनी अनुसार असोज १६ गतेदेखि लगातार पर्ने वर्षाका कारण पहिरो खस्ने उच्च जोखिम भएको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

जिल्ला सुरक्षा समिति काभ्रेको २०८२ असोज १५ गतेको निर्णय अनुसार सो अवधिभरमा सार्वजनिक तथा निजी यातायातका साधन चलाउन नपाइने कार्यालयले जनाएको छ।

साथै, यात्रामा निस्कनु परेमा सुरक्षित स्थानमै बस्न, अनावश्यक रुपमा सडक यात्रा नगर्न र अत्यावश्यक कामबाहेक आफ्नो निवासबाट ननिस्कन जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *