समाचार

भूम्लु गाउँपालिकाकाे ऐतिहासिक दिन : उपाध्यक्ष तामाङ ,वडा ७ र ८ का नागरिकलाई लालपुर्जा वितरण

 

भाद्र३, मंगलबार, २०८२
काभ्रेपलाञ्चोक । भूम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) ले आजको दिनलाई पालिकाको ऐतिहासिक दिनको रूपमा स्मरण गर्नुभएको छ।

वडा नम्बर ७ र ८ का नागरिकलाई धनी पुर्जा (लालपुर्जा) वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष तामाङले पाँच दशकदेखि धनी पुर्जा नपाएका स्थानीयले आज आधिकारिक रूपमा पुर्जा हात पाउनु पालिका र जनताका लागि गौरवको विषय भएको बताउनुभयो।

सीमा विवादका कारण नापी सम्पन्न भए पनि करिब पचास वर्षसम्म धनी पुर्जा वितरण हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ थियो। “जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारीको इच्छाशक्ति र निरन्तरताले आज यो सम्भव भएको हो,” तामाङले भन्नुभयो।।

यस अवसरमासरमा केही राजनीतिक दलका नेताले सुरुदेखि सहयोग नगरे पनि अन्ततः जस लिने शैलीमा मिडियामा प्रस्तुत भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सबैको साथ र सहयोगका कारण पालिकाले नागरिकलाई पुर्जा दिन सफल भएको छ। जे-जस्तो चुनौती आए पनि काम सम्पन्न गर्न सकियो, यो नै हाम्रो ठूलो उपलब्धि हो।”

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *