समाचार
यस्ता छन् ,भूम्लु गाउँपालिकाले गरेका केही उदाहरणिय कामहरू

काभ्रेपलान्चोक । जिल्लाकाे काेशिपारी दुर्गम भनिएकाे भूम्लु गाँउपालिका सरकारले नदेखिने तर प्रसंशा याेग्य धेरै काम गरेकाे छ। गत हप्ता जिल्ला समन्वय समिति काभ्रेको ८ अौ जिल्ला सभामा सम्मानित भएको पालिकाले वन डढेलाे मुक्त भूम्लु बनाउन सफल भयो ।
गत वर्ष भूम्लुका सार्वजनिक तथा सामुदायिक वनमा आगाे लागेर थुप्रै जलचर,थलचर र स्तनधारी जंगली जनावर तथा प्रकृतिक स्रोत साधनकाे पूर्ण क्षति व्यहाेर्नु परेको थियो । डढेलाे गाउँ- बस्तिमा छिरेर नागरिकका घर-गाेठ जल्नुका साथै पशु- चौपायहरु नष्ट भएका थिए। भूम्लु सरकारले कार्यविधि बनाएर डढेलाे नियन्त्रणकाे उचित नीति लिएकाे थियो । पालिकाकाे तदारुकता देखाए पश्चात २०८१/८२ मा भूम्लुका सरकारी तथा सामुदायिक जंगल डढेलाेबाट जाेगिएकाे छ। यस वर्ष एक ठाउँमा पनि आगाे नलागेको पालिकाले बताइएको हो । डढेलाे नियन्त्रण अभियानमा भुम्लु गाउँपालिका सफल भएको छ।
यस्तै रैथाने बालि काेदाे तथा फापर उत्पादनमा किसानलाई २० देखि ३० रुपैयाँ अनुदान दिने नीतिले नागरिकलाई प्राेत्साहीत गरेको छ। कृषिको क्षेत्रमा विभिन्न स्थानकाे भौगोलिक अध्यायन गरि कृषि पकेट क्षेत्र घाेषणा गर्ने र उत्पादनमा लगानी गर्नाले किसानमा थप उर्जा थपेको छ। वडा नम्वर ६ काे आँपघाट बेशिमा खर्वुजा खेतिकाे सम्भावना अध्यायन भइसकेको छ। अन्य वडाहरुमा पनि सम्बन्धि खेतिकाे अध्यायन गरि उत्पादनमा जाेड दिइएको छ। पालिकाले किवि खेति, मकै खेतिका,कफि उत्पादन र बाँझो बारीहरुमा कागती उत्पादनमा किसानलाई जाेड्ने काम गरिरहृकाे छ।
युवाहरुलाई स्वराेजगार मूलक तालिम मार्फत सीप र क्षमता विकासमा पालिकाले लगानी गरेको छ,साथै लघु उद्योगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउनु पाालिकाकाे मुल उदेश्य हो । महिला उद्यमशीलता,स्वालम्बन र शसक्तिकरण मार्फत थुप्रै महिलाहरुले आम्दानी गरिरहेका छन् । पालिकाले साबुन बनाउने ,ड्राइभिङ तामिल, सिलाईबुनाइ तालिम , तरकारी खेती तालिम, पशु पालन तालिम लगायतका आय-आर्जन हुने क्षेत्रमा सचेत पूर्वक लगानी गरेको छ। भर्खर मात्र सामुहिक भैंसी पालन, कुखुरा पालन र बाख्रा पालनमा कृषकलाई प्राेत्साहन गर्ने याेजना ल्याएको छ। यस्तै गरी सामुहिक पशु पालनबाट मासुजन्य र दुधजन्य उत्पादनमा आत्मनिर्भर हुने कार्यक्रम पालिकाले बनाएको छ। यस्ता याेजना र गतिविधिले नागरिकलाई आत्मनिर्भर र स्वराेजगारकाे बाटोमा लाग्न सहयोग पुग्ने बताइएको छ।
संघीय र प्रादेशीक सरकारकाे लागतमा बनेका ठुला विकासका पूर्वाधारले निरन्तरता पाइरहेका छन् । सडक स्तराेन्नती तथा कालाेपत्रे, खानेपानी ,सिंचाइ , विद्यालय भवन ,स्वास्थ चौकी, पशु चिकित्सालय , अस्पतालका निर्माण कार्य भइरहेका छन् । सडक नपुगेका ठाउँमा सडक पुर्याउने , कच्ची सडक स्तराेन्नती गर्ने र सडक कालाेपत्रे अहिलेकाे थप आबाश्यकता भएकोले त्यहि अनुसार कार्य भइरहेको भूम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भूजेलले टुकी नेटवर्कसँगकाे कुराकानीमा बताउनु भयो ।

