समाचार
प्राज्ञहरुलाई पौडेलको प्रश्न- वर्तमान साहित्यकाे धार खिचडीवाद हाे ?

बैशाख२० शनिबार ,२०८१
काठमाडौं । बर्तमान अबस्थामा राजनीति,विचार र सिद्धान्तबाट विचलित हुन थालेकाे भन्दै आलोचना हुन थालेको छ। परिस्थितिलाई उचित आँकलन गर्न नसक्दा यस्तो विकृति मौलाउँदै जाने विद्वानहरुले बताउन थालेका छन् ।
देशमा चलेकाे व्यवस्था विराेधी गतिविधिले पुरातनवादी समाजकाे पुनरावृत्ति हुने सहयोग पुग्ने संकेत गरेकाे प्रगतिशील लेखक तथा साहित्यकार दिल पौडेलले बताउनु भएको छ। उहाँका अनुसार अब समाजमा पुर्नजागरणकाे निम्ति सचेत वर्गले भूमिका खेल्नुपर्ने समय आएको छ।
अहिले चलिरहेको साहित्यीक आन्दोलन कुन धारा र बादकाे हो भन्ने प्रष्ट नभएको पौडेलकाे धारणा हो । कुनै सिद्धान्त र वाद प्रष्ट छैन्। साहित्यमा आएको स्खलनले लेखन शैली खिचडीवाद हो कि के हो ?भनी विद्वानहरुसँग प्रश्न गर्नु भएको छ। समय समयमा विद्वानहरुले नै दुविधात्मक कुरा गर्ने गरेको उहाँको आराेप थियो ।
फ्रयडवाद ,अध्यातमवाद , प्रकृतिवादी र बिसड०गतिवादी सिर्जनालाई पनि प्रलेसका समालोचकहरुले प्रगतिशील रचना होइन भनि किटानीसाथ समीक्षा नगरी दिएकोमा वहॅाले समालोचकद्वय विधान आचार्य र डा कृ्ष्ण सुवेदीसंग गुनासो व्यक्त गर्नु भयो ।यसरी समालोचकले निर्मम समीक्षा नगरी दिने हो भने भजन मण्डली र नखशीख वर्णनकर्ता जन्मने खतरा रहने तर्फ पौडेलले नागार्जुनको बैशाखको नियमित मासिक कविगोष्ठीमा सचेत गराउनु भयो ।
समाजका सचेत व्यक्तिहरुकाे पनि विषय बस्तु माथि गहिरो अध्यायन र चिन्तन गर्ने बानीकाे विकास नभएको उहाँले दु: ख व्यक्त गर्नु भएको छ। एक कार्यक्रममा वर्तमान साहित्यीक धार माथि टिप्पणी गर्दै पौडेलले यस्तो धारणा राख्नु भएको हो। कार्लमाक्सकाे दर्शन, म्याक्सिम गाेर्गीकाे` आमा, राताे चट्टान , लगायत लु सुनका´किताबहरु पढन सुझाब दिनु भएको छ।
निराशा उत्पन्न गर्ने रचनाले पुरातनवादी संकिर्णतालाई प्राेत्साहन गर्ने छ । हरेक रचना भौतिकबादी हुनु पर्ने र सिर्जनाले निरासा ल्याउन हुदैन् । उहाँका अनुसार,`सिर्जनाहरु जनतामा आशा जगाउने खालको हुनु पर्छ। प्रगतिशील साहित्यले श्रृङगारीक भन्दा पनि जनचेनता जगाउने खालकाे साहित्य लेख्न आवाश्यक छ।´
