समाचार
राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

२०८३ असार २ बिहीबार
काठमाडौं । तिर्थराज अर्याल लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
अख्तियारले महानिर्देशक अर्यालमाथि छानबिन अघि बढाउने क्रममा नियन्त्रणमा लिएको जनाएको छ। अर्याललाई पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
अख्तियारले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। यस विषयमा थप अनुसन्धान जारी रहेको बताइएको छ।
