समाचार
छन्द कविता :- `शुभकामना ´

“शुभकामना”
जिन्दावाद! कवित्व यो भुवनमा आलोक छर्दै गरोस् ,
रित्ता-अर्ध घडा दुवै मगजका साहित्यले नै भरोस्।
स्रष्टा सक्षम होस् जहाँ रवि विना त्यो अन्ध नास्ने हुन,
विद्यामात्र छ ओखती हृदयको कालो र मैलो धुन।।
१
आजै रे कविता दिवा विदित भो कोरेँ दुई श्लोक यी,
के लेख्यो? कविले भनेर कविले भन्लान् कि कस्तो छिछी!।।
लौ साहित्य सुधा पढी मनुज झन् हुन् तृप्त यो चाहना,
यावत् मानवमा छ भित्र मनको मेरो शुभोकामना!।।
२
छन्द: शार्दूलविक्रीडित
– मुरहरि रायमाझी

