समाचार
नेकपा एस बागमती प्रदेश सदस्यमा काभ्रेबाट सात जना निर्वाचित

फागुन ५ साेमबार ,२०८१
काठमाडौ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशकाे अधिवेशनमा काभ्रे जिल्लाबाट दुई महिला सहित ७ जना प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
शनिबारदेखि राजधानीमा सुरु भएको प्रदेश अधिवेशनबाट भूगाेल तर्फ काभ्रे जिल्लाबाट सात जना सर्वसहमत निर्वाचित भएका हुन्। निर्वाचित हुनेमा हरि खडका , रविन्द्र सिपखान , वि पि तिमल्सिना ,प्रेम कुमार तामाङ र राजु नेपाल हुनुहुन्छ ।
यस्तै महिला तर्फ राम देवी तामाङ र जानुका सापकोटा सर्वसहमत निर्वाचित हुनु भएको छ।


