समाचार

नेपाली विविधताले एकतामा बाँध्न सहयोग गरेको छ: अध्यक्ष नेपाल

पुस२४, बुधबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँधन सहयोग गरेको बताउनु भएको छ। बुधबार काभ्रेको बनेपामा आयाेजित १५अौ `नेवा: एकता दिवस´काे अबसरमा बाेल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो ।
उहाँले नेपाल थरि, थरिका जातजाति, भाषाभाषी मिलेर बनेकाे मुलुक भएकोले विविधतामा एकता हुनु जरुरी रहेको बताउनु भयो । उहाँका अनुसार ,`यहाँ सबै जातजाति मिलेर बस्नु र छुट्टाछुट्टै संस्कृत भएकोले नेपाली हुनुकाे गौरब छ। लाेकतन्त्र पछि देशमा विभिन्न जातजाति ,भाषाभाषी सबैको पहिचानलाई राज्यले समानता प्रदान गरेकाे छ। नेपाल विश्वमा नै विविधतामा एकता भएको देश हो ।´ नेपालले भन्नू भयो ।
राज्य पुनसंरचना पछि नेपालमा सबै जात,धर्म ,परम्परा र संस्कृतिले सम्मानित हुन पाउनु पर्ने उहाँको तर्क छ। आफू तराईमा जन्मेकोले तराई मुलकाे सबै भाषा जानेको तर काठमाडौकाे नेवारी भाषा सिकाउने गुरु काेही नपाएको उहाँको भनाइ थियो । नेवा: संस्कृतिकाे छुट्टै विशेषता रहेको बताउँदै राज्यले विविधताको संरक्षणका लाग्न अनुराेध गर्नु भएको छ।कुनै पनि परम्परा र संस्कृतिले हामी सबै नेपाली एक हौ भन्ने सन्देश दिने गरेको, उहाँको अनुभव छ।
कार्यक्रममा सम्पदा संरक्षण अभियान्ता राजाराम तण्डुकारले नेवा: संस्कृति लगायत नेपाली संस्कृती र ऐतिहासिक संम्पदा संरक्षणमा नेपाली सबै एकजुट हुनु पर्ने समय आएको बताउनु भयो ।
यस बर्षकाे नेवा: एकता दिवस ११४५ काे नेपाल नेवा:राष्ट्रिय संघका काभ्रे अध्यक्ष जगन्नाथ श्रेष्ठ संयाेजन गर्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथि माधव नेपाल, अतिथि पुर्व मन्त्री राजेन्द्र श्रेष्ठ ,नेपाल नेवा राष्ट्रिय संघका अध्यक्ष माइला बाबू देउला, वरिष्ठ साहित्यकार माेहन दुवाल रहनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *