समाचार
नागार्जुन वाङमय प्रतिष्ठानकाे काव्य गाेष्ठीमा कथाकार श्रेष्ठको लघुकथा माथि परिचर्चा

पुस २० शनिबार ,२०८१
काठमाडौ । कथाकार इन्द्रबहादुर श्रेष्ठ `सरित´काे कथा संग्रह `एक मुठी घाम´ माथि परिचर्चा गरिएको छ। आज शनिबार प्रतिष्ठानकाे कार्यालय काठमाडौमा सुप्रभात काब्य गाेष्ठी कार्यक्रममा कथाकार श्रेष्ठको कृति परिचर्चा गरिएको हो ।
उहाँकाे लघुकथामा प्राध्यापक डाक्टर गाेपिन्द्र पौडेल र डाक्टर शैलेजा आचार्यले संयुक्तरूपमा परिचर्चा गर्नु भएको थियो । कार्यक्रमकाे प्रमुख आथिथ्य डाक्टर अमर गिरीले गर्नु भएको थियो भने साेही अबसरमा नियमित रचना बाचन पनि गरिएको थियो । स्रष्टाहरुले कविता, गीत, गजल, हाइकु लगायतका रचनाहरु सुनाएर कार्यक्रममा रौनकता थपेका थिए। रचनाकारहरुले गद्य र पद्यका कविताहरु बढी मात्रामा बाचन गरेका थिए।
कार्यक्रममा वरिष्ठ समालोचक डा अमर गिरीले बाचन गरिएका रचनाहरु माथि टिप्पणी गर्दै कथाकार श्रेष्ठको साे कृति लघुकथाकाे बजारमा स्थापित हुने खालकाे रहेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले अहिलेकाे समयमा समालोचना कमजोर भएको स्विकार गर्दै अबकाे दिनमा स्रष्टा आफै समालोचक हुन जरुरी भएको बताउनु भयो ।
प्राध्यापक डाक्टर गाेपिन्द्र पौडेलले कथा पीडीत र दबिएर बसेकाहरुप्रती लक्ष्यित रहेको छ। उहाँले कथाकारकाे गुणात्मक चर्चा गर्दै सबैकाे हितमा कथा लेख्न सक्ने कथाकार हुन भन्नू भयाे । स्रष्टा र समालोचक बीच बेमेल हुन सक्ने तर्फ इंकित गर्दै सिद्धान्तकाे जन्म पनि सिर्जनाबाट भएको र त्यो सिद्धान्तकाे अनुसरण गर्दै जानू पर्नेमा जाेड दिनु भएको थियो। लघुकथामाुकथामा शब्द सिमाकाे परिधि रहने विषयमा उठेकाे प्रश्नकाे उत्तर दिदै लघुकथामा त्यस्ताे परिधिमा बाँधिन नपर्ने तर्क गर्नु भयो।कथामा समाज,जीवन र जगतकाेअनुभूतीलाई सिर्जनामा समावेश गर्ने काम सर्जकले गर्नु भएको पौडेलको दावी छ।
साे कृति माथि चर्चा गर्दै डाक्टर शैलेजा पाेखरेलले कथाकारले कथामा चमत्कारी रहस्याेघाटन गरिएको बताउनु भयो । कथामा ध्वन्यात्मक भाव समावेश गराउन कथाकार श्रेष्ठ सफल भएको उहाँको धारणा थियो । कृतिकाे सकारात्मक पक्ष केलाउँदै उहाँले भन्नुभयो ,` पुस्तक पढदा पाठकलाई के दिने भन्ने विषयमा कथाकारले ख्याल गरेकाे पाइन्छ । कथाकाे अन्त्यमा पाठकलाई दिमाग खेलाउने बाध्य गराउन कथाकार सफल छन्।गिरिजाप्रसादकाे घरकाे राजनीति कथामा छ। लघुकथाकाे मूल्य मान्यता र परम्परालाई कथाले पुरा गरेकाे डाक्टर पाेखरेलकाे बुझाई रहेको छ।


