समाचार

नेवा: राष्ट्रिय एकता दिवस मनाउने तयारी

पुस ९ मंगलबार ,२०८१
काभ्रेपलाञ्चोक।  नेवाः राष्ट्रिय एकता दिवस मनाउने तयारी भएको छ। यसपटकको एकता दिवस काभ्रेको बनेपमा मनाउनकाे लागि सरोकारवालाहरुले आवश्यक तयारी गरिरहेको  छन् ।साेमबार बनेपमा पत्रकार सम्मेलन मार्फत आयोजक हलि नेवा गुठी बनेपाका रामकाजी प्रधानले जानकारी दिनुभयो।

हलि नेवा गुठीका केन्द्रीय सदस्य हरि महर्जनको उपस्थितिमा तयारी भेलामा सञ्चारकर्मीसँग बोल्दै आयोजक समितिका संयोजक प्रधानले हलि नेवा मिसा पुचः लगायत नेवाः समाजका विभिन्न जातीय संघ संस्था, नेवाः अभियान संचालन गर्दै आएका संघ संस्था सहित करिव दुई दर्जन संस्थाहरुका साथ नेवा ः एकता दिवस भव्यताका साथ मनाउन १ सय एक सदस्यीय आयोजक समिति बनाएको जानकारी दिनुभयो। नेवारसँग संबन्धित साँस्कृतिक झाँकी र बाजा गाजासहित र्याली निकालेर बनेपा नगर परिक्रमा गरिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *