समाचार
पुर्वसभामुख दमननाथ ढुंगानाको निधन

मंसिर २ आइतबार ,२०८१
काठमाडौं । पूर्वसभामुख तथा नेपाली काङ्ग्रेसका नेता दमननाथ ढुंगानाको निधन भएको छ । उनी केही समय देखि उपचाररत थिए। उनको कलेजाेमा समस्या देखिएको थियो आज उपचारको क्रममा फ्रन्टलाइन अस्पतालमा दिउँसो दुई बजे उनको निधन भएको हो ।
उनी २०४८ सालमा प्रतिनिधी सभाकाे सभामुख थिए। ढुङ्गाना कानुनका विद्यार्थी हुन्। ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए ।
ढुंगाना राजा वीरेन्द्रको वंश विनाश हुँदा छानबिन समितिका संयाेजक थिए। छानबिन समितिकाे प्रतिबेदन सार्वजनिक गर्दै दिपेन्द्रले गाेलि चलाएको भन्दै अभिनय गर्ने क्रममा भ्याटटटटट भनेकाे शब्दबाट उनी चर्चामा थिए। तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनकाे महत्त्वपूर्ण भूमिका थियो ।


