समाचार
नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठन ट्रमा सेन्टर कमिटीमा नयाँ नेतृत्व

२९ भाद्र,२०८१
काठमाडौं । नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठन राष्ट्रिय ट्रमा सेन्टर प्रतिष्ठान कमिटीले नयाँ नेतृत्व चयन गरेको छ। आज काठमाडौमा भएको दाेस्राे अधिवेशनले पार्वती बस्ताकाेटीकाे अध्यक्ष्ातामा नयाँ पदाधिकारी चयन गरेको हो ।
प्रतिष्ठानकाे दाेस्राे अधिवेशनले जुझारु तथा सकृय महिला पार्वती बास्काेटाकाे नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान कमिटी निर्वाचित गरेको छ। निवर्तमान अध्यक्ष ईश्वरी कडेललाई राष्ट्रिय ट्रमा सेन्टर प्रतिष्ठान कमिटी इन्चार्जकाे जिम्मेवारी ताेकेकाे छ ।
नेपाल आउटसाेर्स श्रमिक संगठनका इन्चार्ज वेद प्रसाद हुमागाइ र अध्यक्ष प्रेम बहादुर कार्कीले अधिवेशनद्वारा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना दिनु भएको छ।
