समाचार
पूर्वाधार विकास समितिले गर्याे धुलिखेल -खावा सडक अनुगमन ,गौरी पार्वतीकाे ठेक्का रद्द गर्न निर्देशन

२३ भदौ, आइतबार
काभ्रेपलान्चोक । राष्ट्रिय बहसकाे विषय बनेकाे धुलिखेल- खावा सडक खण्डको सरकारले चासाे पुर्वक अनुगमन गरेको छ। आज संघीय संसद प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिकाे टाेलिले धुलिखेल- खावा सडक खण्डकाे अनुगमन गरेको हाे ।
अनुगमनका क्रममा समितिका सदस्यहरुले सडक डिभिजन कार्यालय , ठेकेदार कम्पनी , जिल्ला समन्वय समिति काभ्रे , प्रहरी प्रशासन , स्थानीय निकाय र स्थानीयबासीकाे राेहबरमा छलफल गरेका थियो ।
छलफलमा पुर्वाधार विकास समिति सदस्य माधव सापकोटाले गौरी -पार्वती ठेकेदार कम्पनीले नियत बस काम नगरेकाे भन्दै ठेक्का सम्झौता खारेज गरि नयाँ ठेक्का लगाउन समिति मार्फत सरकारलाई सुझाब दिन भनिएको प्रष्याउनु भएको भयो ।
उहाँका अनुसार ,” गौरी -पार्वती ठेकेदार कम्पनीले देश भरका आयाेजनामा राम्रोसंग काम गरेको छैन। उसले जहाँपनि ठेक्का सम्झौता गर्ने अलपत्र छाेडने गरेकाे छ। “उहाँले यस अधि नै अध्यायन गरि धुलिखेल -खावा सडक खण्ड साे कम्पनीले बनाउने प्रष्ट भएको बताउदै, नागरिकलाई आवागमनमा असर नपर्ने गरि ठेक्का रद्द गरि काम गर्न सडक डिभिजन कार्यालयकालाई पनि जानकारी गराएको बताउनु भयो ।
अर्का समिति सदस्य ठाकुर गैरेले उक्त सडकका सम्बन्धमा समितिकाे अौपचारीक बैठक बसेर सरकार, विभाग र समितिलाई के निर्देशन दिने भन्ने छलफल गर्नुका साथै अबका दिनमा धुलिखेल -खावा सडक खण्डकाे बाटाेमा सरकारले म्याद थपिरहने नागरिकले दुख पाइरहने दिन नआउने प्रतिबद्दता व्यक्त गर्नु भयो ।
अनुगमन समितिको बैठकमा स्थानीयहरुले ,वर्षौदेखि बाटो नबनेको र ठेकेदारलाई कार्वाही पनि नगरिएको भन्दै आक्राेश पाेखेका थिए । स्थानीयहरुकाे आक्राेशलाई राेक्न समितिका सदस्यहरुलाई हम्मेहम्मे परेको थियो ।
उक्त छलफलमा जिल्ला सम्न्वय समिति काभ्रेका प्रमुख ,पीडित नागरिककाे प्रतिनिधित्व गर्दै स्थानीय नागरिकहरु, स्थानीय निकायका जनप्रतिनिधि सहभागी भएका थिए।
साे सडकमा पुर्वका काभ्रे ,रामेछाप ,सिन्धुपाल्चोक ,दाेलखा जिल्लाका विभिन्न भेगमा दैनिक आवत जावत गर्ने हजारौ निजी तथा भाडाका सवारीसाधनमा यात्रा गर्ने यात्रुले सास्ती खेपिरहेका छन् ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण सडकमा दुर्घटना बढेको छ। बर्खाकाे खाल्डा खुल्टि र पहिराेले जाेखिमपुर्ण यात्रा गर्नु परेको छ। साथै पानी परेकाे बेला हिलाे र घाम लागेकाे समयमा धुलाेले नागरिक असुरक्षित हुदै आएका छन् ।
समितिले काभ्रेको धुलिखेल दोलालघाट खण्डको खावा, सिन्धुपाल्चोकको दोलालघाट तातोपानी खण्डको कोठे, खाडिचौर, जुरे, खागदल, डाकलाङ, १० किलो क्षेत्रहरूको अनुगमन गर्ने छ । संसदीय समिती सो क्षेत्र हुँदै लिपिङसम्म पुग्ने कार्यक्रम रहेको समितिका सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं १ का साम्सद माधव सापकोटाले जानकारी दिए ।


