समाचार

बेरोजगार युवालाई सुरक्षागार्ड तालीम

जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम शुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहीने तालीम शुरु भएको हो ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ ।

चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागार्इंले राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालीमको आयोजना गरिएको बताउनुभयो । सो तालीममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ ।

सिञ्जामा घरबास (होमस्टे) सञ्चालन गरिने

कर्णाली प्रदेश सरकारले पर्यटन व्यवसाय प्रवर्द्धनका लागि नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जाका दुई स्थानमा घरबास (होमस्टे) सञ्चालन गर्ने भएको छ । यहाँको नाग्म गमगडी राजमार्ग (रारा सिञ्जा मार्ग) अन्तर्गत बड्की र कनका सुन्दरी गाउँपालिका–१ बोतामालिकामा प्रदेश सरकारले होमस्टे सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

विशेषगरी रारा सिञ्जामा आउने पर्यटकहरुका लागि सुविधायुक्त बसाइलाई दृष्टिगत गर्दै कर्णाली प्रदेश सरकार पर्यटन मन्क्रालयको सहयोगमा हामेस्टे कार्यत्रम सिञ्जाका दुई स्थानमा सम्झौता भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सिञ्जा क्षेत्रको हिमागाउँपालिका बड्की र बोतामालिका गाउँमा रु २५ लाखका दरले सम्झौता भएको छ ।

राजमार्गमा होमस्टे सञ्चालनका लागि शुरुमा नौ सदस्यीय होमस्टे व्यवस्थापन समिति छनोट भई प्रक्रिया अगाडि बढेको र नियमानुसार अन्य सदस्य पनि थप गर्न सकिने बड्की होमस्टे सञ्चालन समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो । त्यस्तै कर्णाली प्रदेश सरकारले जुम्लाका चार स्थानसहित करीब २५ स्थानमा होमस्टे सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *