समाचार

एकीकृत समाजवादीकाे अधिवेशनमा ओली नजाने

२०८१,असार १६
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादको महाधिवेशनमा  नजाने भएका छन् । एकीकृत समाजवादीले महाधिवेशनमा अतिथिका लागि ओलीलाई पनि निम्ता दिएको छ ।

एकीकृत समाजवादको महाधिवेशन आइतबार १६देखि २० गते सम्म राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुदै छ।   ओली महाधिवेशनमा नजाने र त्यस समयमा पार्टीकाे कृषि विभागको कार्यक्रममा जाने तय भएको एमाले श्राेतले बताएको छ।

नेकपा विभाजन पछि जन्मिएको एकीकृत समाजवादीकाे यो पहिलो अधिवेशन हो । एमालेको निरन्तरतालाई पछ्याउँदै १० अौ महाधिवेशन गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *