समाचार
कानुनत न्युराेडकाे सडकपेटि निर्माणकाे अधिकार स्थानीय तहकाे

काठमाडौ महानगरपालिकाले विस्तार गरिरहेकाे न्युराेड क्षेत्रकाे फुटपाथ निर्माणमा राजनीतिक प्रतिशाेध साँधिएकाे प्रष्ट देख्न सकिन्छ ।
काठमाडौ महानगरपालिकाले विस्तार गरिरहेकाे न्युराेड क्षेत्रकाे फुटपाथ निर्माणमा राजनीतिक प्रतिशाेध साँधिएकाे प्रष्ट देख्न सकिन्छ । महानगरपालिका बडा नम्वर २४ स्थित न्युराेड क्षेत्रकाे सडक पेटि निर्माण तथा मर्मत क्षेत्राधिकार महानगरकाे नै हो ।
यस अधि पनि महानगरपालिकाले थुप्रै ठाँउमा सडक र फुटपाथ निर्माण तथा मर्मत गरिसकेको छ। तर यसपटक भने काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेका भौतिक याेजना तथा यातायात मन्त्री रघुवीर महाशेठकाे व्यक्तिगत टकरावका कारण विवाद सिर्जना भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले बनाएकाे आयाेजना वर्गिकरण मापदण्ड २०८० काे अनुसुची १ ले कस्ता सडक कुन सरकारले हेर्ने भनी स्तर निर्धारण गरिएको छ। साे अनुसुचीकाे क्रम संङ्ख्या ६ मा सडककाे चौडइकाे आधारमा क्षेत्राधिकार ताेकिएकाे छ ,त्यसैले न्युराेड क्षेत्रकाे सडक ११ मिटर भएकोले महानगरले काम गर्न पाउनु पर्ने महानगरकाे दावी छ।
अनुसुची अनुसार ११ मिटरसम्मका सडक स्थानिय तहले हेर्ने र ११ देखि २२ मिटरसम्मका सडक प्रदेशकाे समन्वयमा काम गर्नु पर्ने प्रावधान रहेको छ। न्युराेडमा निर्माणाधीन फुटपाथकाे सम्बन्धमा विभागलाई पत्राचार गरि जानकारी गरिएको महानगरका मेयर बालेन शाहले सार्वजनिक रुपमै बाेलेका छन् । तर सडक डिभिजन कार्यालयले बेवास्ता गरेको देखिन्छ ।
सरकारकाे कुनै पनि काममा नबाेल्ने तर सामाजिक संजाल मार्फत प्रतिकात्मक र उत्तेजक जवाफ फर्काउने बालेनकाे शैलीकाे सिकार बनेका भौतिक याेजना तथा यातायात मन्त्री रघुवीर महासेठका कारण याे परिस्थिति सिर्जना भएको राजनितीक विष्लेषकहरुले बताउने गरेका छन् ।
महानगरपालिकाका पुर्वाधार विज्ञका अनुसार ,”२०७२ काे संविधान जारी भइसकेपनि २०३१ सालमा जारी भएको संविधानसँग बाझिने कानुन देखाएर डिभिजन कार्यालयले कार्वाही गरेको छ। महानगरले आफ्नो क्षेत्रमा परेकाे काम गर्न नराेक्ने र न्युराेडकाे फुटपाथ निर्माण कार्य पनि नराेकिने बताएका छन् ।”
सर्वसाधारणले बालेनकाे काम गर्ने र कम बाेल्ने शैलिकाे प्रशंसा गरिरहँदा सरकारमा बसेर काम नगर्ने राजनीति दल र नेताहरुलाई धक्का लाग्नु स्वभाविक हो । २०४८ साल देखि सत्तामा बसेर देखिने गरि सुधारका काम गर्न चुकेकाहरुले बालेन जस्तालाई स्विकार गर्न सक्दैनन् । आफुले गरेकाे गलत कामकाे ढाकछाेप गरिदिए राम्रो नत्र प्रतिगामी र लाेकतन्त्र धरापमा परेकाे देख्ने चरित्रले पुराना दलका नेतृत्व आफै धरापमा पर्ने समय आइसकेको छ।
बडा नम्वर २४ स्थित न्युराेड क्षेत्रकाे सडक पेटि निर्माण तथा मर्मत क्षेत्राधिकार महानगरकाे नै हो ।