समाचार
नेकपा एमाले विभाजन हुनुमा वैचारिक विमति मात्र थिएन :- अध्यक्ष ओलि

काभ्रेपलान्चोक । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमाले विभाजन हुनुमा वैचारिक र वैयक्तिक विमति रहनु मात्र नभएको बताउनु भएको छ। साेमवार काभ्रेको धुलिखेलमा ११अौ काभ्रे जिल्ला अधिवेशनकाे उदघाटन सत्रलाई सम्वाेधन गर्दै अध्यक्ष ओलिले एमालेकाे शक्ति देखेर देशि- विदेशि प्रतिकृयावादीहरुकाे बलमा एमालेलाई टुक्र्याइएकाे बताउनु भएको हो ।
उहाँले भन्नुभयो ,” नेकपा एमाले समृद्ध नेपाल ,सुखि नेपालीको नारा लिएर अगाडि बढेकाे धेरैलाई मन परेको थिएन । हामिले गरेका कामबाट असन्तुष्टहरुले एमाले विभाजन गर्ने खेल खेले । यो पार्टी भित्रकाे कुनै वैचारिक र वैयक्तिक लडाइँ नभई प्रतिकृयावादीहरुकाे सिकार बन्नु परेको हो । ” नेकपा एमाले जनताको पार्टी भएको र देशलाई प्रगतिकाे बाटाेमा लैजाने एकमात्र दल भएकाले चौतर्फी घेराबन्दी गरि सिद्याउन खाेजिएकाे उहाँको आराेप छ।
एमाले ८४ काे निर्वाचनमा बहुमतकाे सरकार बनाउने गरि लागेकाे बताउदै अध्यक्ष ओलिले काभ्रे जिल्ला अधिवेशले मिसन ८४ लाई थप बल पुग्ने विश्वास व्यक्त गर्नु भयो । एमाले जनताले चाहेकाे विकास र समृद्धकाे खाका काेर्ने पार्टी भएको भन्दै अन्य दलहरु सत्ता र सरकारकाे पछि लाग्ने गरेको उहाँको जिकिर थियो ।

