समाचार

नेकपा एस काभ्रेका नवनिर्वाचित पदाधिकारीहरुकाे पद तथा गाेपनियताकाे सपथ ग्रहण

चैत ,१२
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादी काभ्रेका नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन । आज पार्टी कार्यालयकाे सभा हलमा आयाेजित कार्यक्रममा अध्यक्ष माधव कुमार नेपालले सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्देशन दिदै पार्टीको गतिविधिमा लाग्न अनुराेध गर्नु भयो । उहाँले भन्नू भयो, “एकीकृत समाजवादी लाेकतान्त्रीक पार्टी हो । अब नवनिर्वाचित सदस्यहरुले पार्टीले गरेका राम्रो कामकाे प्रचार गर्नु पर्छ। संगठन बनाउन लाग्नु पर्छ। तपाईंलाई नागरिकले विश्वास गर्न राम्रो आचरण , व्यवहार र बाेलिले देखाउने भन्दै अध्यक्ष नेपालले पार्टीलाई नागरिककाे पक्षमा वकालत गर्ने पार्टी बनाउने विश्वास गर्नु भयो ।

आम जनताको दैननिदिनका समस्या समाधानमा कमन्युष्ट पार्टी लाग्नु पर्ने कुरामा जाेड दिदै उहाँ चैतमा हुन लागेकाे पार्टीको केन्द्रीय अधिवेशनमा काभ्रेबाट ठुलाे जनमासकाे उपस्थिति हुने आशा व्यक्त गर्नु भयो । बागमती प्रदेशका अन्य जिल्ला मध्य काभ्रे राजधानीबाट नजिककाे जिल्ला हो साथै देश भरीमा काभ्रे जिल्ला पाँचौ जिल्ला हुन सकेकाेमा शुभकामना दिनु भयो ।

उक्त सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा पार्टीका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर ,बागमती प्रदेश अध्यक्ष सवित्रा भुषाल ,केन्द्रीय अनुशासन आयाेगका अध्यक्ष शिव बहादुर देउजा , केन्द्रीय सदस्य विदुर सापकोटा तथा पार्टी जिल्ला इन्जार्च टाेक बहादुर वाइवाकाे उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *