समाचार

भुम्लु सरकारलाई नेता भण्डारीकाे सुझाव : कार्यसम्पादन मूल्यांकन सुधार गर्ने अबसर सदुपयोग गर्नुहाेस्

फाल्गुन १० बिहीबार
काभ्रेपलान्चोक । जिल्लामा भौगोलिक दुर्गमताकाे आधारमा पिछडिएको गाँउपालिका” राेशी” राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाे कार्यसम्पादन मूल्यांकनमा जिल्लामै  पहिलाे भएको छ।  आयाेगले सार्वजनिक गरेको नतिजा अनुसार राेशीले  ४८.३९ अंक प्राप्त गरेको छ। जिल्लाको १३ स्थानीय तहहरू मध्ये रोशी गाउँपालिका पहिलो हुन सफल भएको छ , भने काेशीपारिकाे भौगोलिक विकटताका बाबजुद चौरीदेउराली गाउँपालिका जिल्लामै  तेस्रो भएकाे  छ।

भुम्लु गाँउपालिकाले १९.५० अंक पाएर १२ अौ स्थानमा रहेको छ। चौरीदेउराली गाउँपालिकाले ३९.५८ अंक प्राप्त गरेर  तेस्रो भएकाे हो । कार्य सम्पादन मूल्यांकनमा राम्रो अंक प्राप्त गर्न भौगोलिक दुर्गमता र विकटताले फरक नपार्ने उदाहरण यि दुईवटा राेशी र चौरी गाँउपालिकाले दिएका छन्।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो । यी सुचकहरुका आधारमा भुम्लुगाँउपालिकाले पर्याप्त मात्रामा कार्यसम्पादन गर्न नसकेको हो कि भन्ने प्रश्न उठेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता बदन कुमार भण्डारीले भुम्लु सरकारलाई प्रश्न गर्दै सामाजिक संजालमा लेख्नु भएको छ, ” भुम्लु गाउँपलिकामा साक्षेर संख्या कति ? साक्षेरता बढाउन के कस्ता याेजना  छन ? रोजगारीको सिलसिलामा नागरिकहरु कहाँ छन ? रोजगारीको सिर्जना कत्तिको भएको छ ? जनताको प्रती व्यक्ति आय कति छ ? नागरिकको समग्र स्वास्थ्य अवस्था कस्तो छ ? कृषिको अवस्था के कस्तो छ। विकासका पूर्वाधार के कति अगाडि बढे ?”

यस्तै उहाँकाे भुम्लु पालिका सरकारका निम्ति दिएको सुझाव सहितका थप प्रश्न गर्दै मूल्यांकन  सुचक भित्र रहेका आधारहरु बारे साेध्नु भएको छ,” पालिका भित्र गर्भवतीको संख्या कति?खोप लगाउने बच्चाको संख्या कति ? कुपोषणको अवस्था के कति ?जन्मदर्ता गर्दा खोप कार्ड लागु छ की छैन ? बसाइँसराइ लाई रोक्ने के कस्तो योजना छ ?युवा लक्षित कार्यक्रम के कस्तो छ ? जेष्ठ नागरिक , महिला , दलित , जनजाति र पिछडिएको वर्गका लागि के कस्तो कार्यक्रम छ ?  मानव विकासको सुचाङ्कमा भुम्लु गाउँपालिका कहाँ छ ? अब कसरी अगाडि बढाउने ? पर्यटन आगमनमा वार्षिक कति  बढेको छ ? उधोग धन्दा के कस्ता खुलेका छन ? दिगो विकासका कामहरु के कस्तो रुपमा अगाडि बढिरको छ ? “

नेता भण्डारीले पाएकाे जिम्मेवारी र अबसरलाई सदुपयोग गर्न पालिका सरकारलाई  रचनात्मक सुझाव दिदै  यि र यस्ता कैयौं प्रश्नहरु बारे कहिले सोच्नु भएको छ ? भनी सर्वसाधारणको जिज्ञासा प्रस्तुत गर्नु भएको छ ।  चुनावी घोषणापत्र र चुनावमा बोलेको कुरा के कति पुरा भयो ? जनताको माझ  बोलेकाे काम पूरा  गर्ने बेला आयो । सधै यस्तो अवसर र जिम्मेवारी प्राप्त हुदैन पाएको जिम्मेवारीलाई सदुपयोग गर्नुहाेला भुम्लु सरकारलाई रचनात्मक सुझाव दिदै उहाँले लेख्नु भएको छ।

आयाेगले  गरेकाे मूल्याङकनमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरेर/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे / नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/ नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरु छन् ।

आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भ जाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पुर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका आधारमा मूल्याकंन गरिएकाे हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *