समाचार

पनौतीकाे लुकुवा हुँदै बेथानचाेक जाेडने ट्याक खुल्याे,मन्त्रीद्वारा उदघाटन

माघ ४ बिहीबार ,२०८०
काभ्रेपलान्चोक ।जिल्लाकाे पनौती नगरपालिका वडा नम्वर ११ लुकुवा देखि बेथानचाेक गाँउपालिका ५ काे छिर्केसम्म ७ किलोमिटर कच्ची सडककाे ट्याक खाेल्ने काम सम्पन्न भएको छ।  सडक उदघाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका श्रम,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लमसाल , विषेश अतिथि पुर्व मन्त्री बसुन्धरा हुमागाँई र स्थानीय जनप्रतिनिधिहरुले पैदलयात्रा गरी उदघाटन र निरीक्षण  गरेका छन् ।

स्थानीय समाजसेवी टीका प्रसाद हुमागाँईकाे निरन्तर प्रयासले उक्त बाटो खुलाउन सफल भएको भन्दै मन्त्री लम्सालले प्रशंसा गर्नु भयो । उहाँले भन्नू भयो , “५ वर्ष अगाडि सम्म बाटोकाे कल्पना नगरिएको ठाउँमा बाटो खुल्नु खुशीकाे कुरा हो । यो सडक निर्माणकार्यमा समाजसेवी टीका प्रसाद हुमागाँईकाे जति प्रशंसा गरे पनि अपुग हुने बताउदै मन्त्री लम्सालले आगामी दिनमा सडक स्तराेन्नतिकाे निम्ति प्रदेश सरकार साथमा रहने विश्वास व्यक्त गर्नु भयो ।

सडक निर्माण उपभोक्त समितिका अध्यक्ष  रेशम बहादुर तामाङकाे अध्यक्षतामा  अतिथिहरू पनौती नगरपालिका  ११नम्वर वडा का अध्यक्ष वीपिन लामा, बेथानचोक गाउपालिका ५नम्वर वडा अध्यक्ष राजकुमार वाईवा, बेथानचोकका अगुवा समाजसेवी तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेका कोषाध्यक्ष प्रेम लामा, धुलिखेल नगरपालिकाका अगुवा तथा समाजसेवी हरिगोपाल प्रधानाङ्गले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

स्थानीय समाजसेवी वेदप्रसाद हुमागाईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सडकको  ट्र्याक खोल्न सघाउने स्थानीयहरुलाई प्रमुख अतिथि मन्त्री लम्सालले खादा र मालाद्वारा सम्मान गर्नुभएको थियो ।

बागमती प्रदेश सरकारकाे ३० लाख बजेट र पनौती नगरपालिका वडानम्वर ११ काे ५ लाख सहयोग गरि ३५ लाखमा सडक निर्माण भएको स्थानीयहरुले बताएका छन् । बागमती प्रदेशका पुर्व कृषि तथा पशुपन्छि मन्त्री बसुन्धरा हुमागाँईकाे पहलमा पटकपटक गरि ३० लाख बजेट विनियोजन भएको बताइएको छ।  सडकको नमुना समेत नभएको ठाउँमा बाटो पुग्दा स्थानीयले खुशि व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *