समाचार
सामाजिक संजालकाे नकारात्मक प्रचारकाे पछि नलाग्न रामकुमारी झाँक्रीकाे आग्रह

पुस ७ शनिबार ,२०८०
काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी)कि नेतृ राम कुमारी झाक्ीले नकारात्मक संचार प्रबाहले आजका युवाकाे मानसिकता कमजाेर बनाएको दावी गर्नु भएको छ। काभ्रेको धुलिखेलमा नेपालकाे कमन्युष्ट आन्दोलन र वर्तमान राजनीतिक अबस्था विषयक प्रशिक्षण कार्यक्रममा बाेल्दै नेतृ झाकी्ले बिहान उठदा रेडियो ,टेलिभिजनमा सुन्ने र देख्ने समाचारले मानसिकता बिगारेकाे र युवाहरु नकारात्मकताकाे पछि लाग्न थालेको दावी गर्नु भएको छ।
आजकाे सामाजिक संजालले पपुलारिज्मलाई प्राथमिकता दिएकाे छ। त्यसकाे वास्तविक गहिराइ नबुझी पछाडि लाग्दा कहिलेकाहीँ दुर्घटनामा पर्न सक्ने तर्क गर्दै उहाँले हालकाे परिवर्तन र ६२/६३ काे बलिदानलाई ख्याल गर्न पार्टी पंक्तिले कार्यकर्तालाई सचेत गराउनु पर्ने धारणा राख्नु भएको थियो ।
देशमा केही हुदैन भन्ने न्यारेटिभ बन्दै गएको प्रती दुख व्यक्त गर्दै उहाँले भन्नू भयो , ” देशकाे बजेट अनुत्तादक क्षेत्रमा लगानी भएको छ। भ्यु टावर र त्यहासम्म पुग्ने सिढी र फलामे रेलिङले बैदेशिक ऋणको मात्रा बढाएको छ। तर विकासले फडकाे मारेकाे तथ्यलाई पनि नकार्न नसकिने भन्दै बाटो चौडा बनेकाे , स्वास्थ चौकी , विद्यालय , पुल ,धारा हाम्रो आन्तरिक श्राेत र पुँजिले मात्रै बन्न सम्भव नभएको तथ्यगत कुरालाई विर्षन नहुने र सकारात्मक साेचकाे विकास गर्द ै अगाडि बढन आग्रह गर्नु भएको छ।
तुलनात्मक रुपमा मातृ शिशु मृत्युदर घट्नु , बैदेशिक राेजगारीकाे अबसर सिर्जना हुनु , गाउँ गाउँमा स्वराेजगार र उत्तपादन वृद्धि हुनुलाई विकासकाे मापनमा स्विकार गर्न नसक्नु हाम्रो कमजोरी रहेको र दैनिक २५०० युवा विदेश गए भनेर कराएकाे सुन्ने बानीले परिवर्तनमा बाधा पुगेकाे भन्दै चिन्ता व्यक्त गर्नु भएको छ।

