समाचार

भुकम्प प्रभावितलाई राहत लिएर बारेकोट जाँदै:क्यारिन

२०८० मंसिर ,११
काठमाडौ । जाजरकोट भुकम्प प्रभावित क्षेत्रको समाचारहरु देखेर स्विजरल्याण्ड कि ४८ बर्षिय क्यारिन मोईक्स भुकम्प प्रभावित क्षेत्र पुग्ने भएकी छन् । उनी  चिसोमा लगाउने न्यानो कपडा, कम्बल र  त्रिपाल लिएर भुकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका जान लागेकि हुन्।

उक्त राहत सामाग्री लिएर जाजरकोट जानमा युवा समाजसेवी देबराज बोहराको पहलमा  राजु शर्मा लगाएतका ब्यक्तिहरुले उनलाई बारेकोट सम्म जान सहयोग गरेका छन् ।

स्विस नागरिक वर्ष ४८ क्यारिन मोईक्सको चाहना  जुन वास्तविक पीडित हुन् उनिहरुको हातमा आफैले राहत हस्तान्तरण गर्ने रहेको छ।  राजधानी काठमाडौबाट  सामान खरिद गरेर जाजरकोटको बारेकोटसम्म  उनि आफै राहत सामाग्री सहित जाजरकोट प्रस्थान गरेको उनी निकट श्रोतले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *