समाचार
आउटसाेर्सिङ श्रमिक संगठनका ५५ जना नेता कार्यकर्ता नेपाल स्वतन्त्र आउटसाेर्स संगठनमा प्रवेश

पुस ,२३
काठमाडौ । आउटसाेर्सिङ श्रमिक संगठन नेपालका ५५ जना नेता कार्यकर्ता नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनमा प्रवेश गरेका छन ।
आज काठमाडौंको हाेटल हाेलिडेमा गरिएको कार्यक्रममा आउटसाेर्सिङ श्रमिक संगठन नेपालका अध्यक्ष गाेविन्द प्रसाद सापकोटाकाे नेतृत्वमा संगठनमा आबद्व नेता कार्यकर्ताकाे टिम नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनमा सम्मिलित भएका हुन ।
कार्यक्रममा आइसिटियुका केन्द्रीय अध्यक्ष विष्णु लम्साल लगायतकाे टिमले उक्त कमिटीलाई खादा र टीका लगाएर स्वागत गर्नु भएको थियो ।
उक्त संगठन प्रवेश कार्यक्रममा बाेल्दै अध्यक्ष लम्सालले भन्नुभयो ” आन्दोलनबाट आएको ट्रेड युनियनले मजदुरकाे पक्षमा काम गर्छ भन्ने आम मान्यता थियोे तर त्यसले पनि पुँजिवादीकाे पक्षपाेषण गरेको पाइयाे । उहाँको भन्नुभयो ” याे भनेको विचारको स्खलन हो । आफ्नो विचार र सिद्धान्तबाट विचलित हुनु भनेको मालिक सामु आत्मासमर्पण गर्नु बराबर हाे । आउटसाेर्सिङ श्रमिक संगठन विचार मिल्ने संगठनमा प्रवेश गरेकोमा धन्यवाद दिदै नयाँ जिम्मेवारी साथ अगाडि बढन आग्रह गर्दै शुभकामना दिनु भएको थियो ।”
यस्तै सुरक्षा क्षेत्र युनियन परिषदका इन्चार्ज प्रेम बहादुर कार्कीले आगामि दिनमा कुनै पनि क्षेत्रमा काम गर्ने श्रमिकलाई परेको पिरमर्काकाे जिम्मा संगठनले लिने ठाेकुवा गर्नु भयो । उहाँले भन्नुभयो ” हामी श्रमिक वर्गको हित र संरक्षणकाे लागि सधैं पहल कदमि लिने छौ र जिम्मेवार भएर हाम्रा माग सम्बाेधन गर्न र गराउन सम्बन्धित पक्षलाई घच्घच्याउने छौ।”

नेपाल स्वतन्त्र आउटसाेर्स संगठनका ईन्चार्ज वेद प्रसाद हुमागाँईले संचालन गर्नु भएको कार्यक्रममा आउटसाेर्सिङ श्रमिक संगठनका अध्यक्ष गाेविन्द प्रसाद सापकोटाले यस संगठनमा प्रवेश गर्नुकाे कारण रअौचित्य प्रस्ट पार्नु भएको थियोे ।

