जिसस प्रमुखलाई भुम्लु गाउँपालिका अध्यक्षकाे ध्यानाकर्षण पत्र

+
-

पुस, ७
काभ्रेपलान्चोक ।  भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र वडा नम्बर ८ का वडा अध्यक्ष माेतिलाल तामाङले जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम  र जिल्ला प्रशासन प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ।

जिल्ला समन्वय समितिका प्रमुखलाई उहाँको कार्यालयमा र जिल्ला प्रशासन कार्यालयकि  प्रमुख हुमकला पाण्डेलाई जिल्ला प्रशासनकाे कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

गत पुस ४ गते  पालिका प्रमुख भुजेल र वडा अध्यक्ष तामाङ माथि  भुम्लु गाउँपालिका वडा नम्बर ८ सिस्नेरि  बगर क्षेत्रमा अनाधिकृत रुपमा गिट्टी ,बालुवा, ढुङ्गा उत्खनन गरेको सुचना पाएपछि अनुगमनको लागि साे स्थानमा पुग्दा  दुरव्यवहार  सहित आक्रमण थियो ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चाेरि पैठारी भएको जानकारी पश्चात् उक्त स्थानमा पुग्दा घरेलुु हातहतियार सहित सुनियाेजित तरिकाले स्थानीयले घेराबन्दी गरि हातपात गर्दै नियन्त्रणमा लिएको घटना प्रती सुरक्षा संवेदनशीलतालाई  ध्यान पुर्याइदिनु हुन अनुराेध  गर्दछौ। ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उक्त घटना निन्दनीय  र खेदजनक रहेकाे बताउदै घटनामा संलग्न अपराधीहरुलाई कानुनी दायरामा ल्याउन  र काभ्रे – सिन्धुपाल्चोककाे विवादास्पद सिमा समाधानको लागि पहल गरिदिन अपिल गरिएको छ  ।

साथै ८ नम्बर वडा अध्यक्ष माेतिलाल तामाङकाे भनाइ अनुसार  गाउँपालिकाकाे निर्देशनमा सिस्नेरि बगर क्षेत्रमा गएका थियौ। त्यहाँ पुग्दा षड्यन्त्रपुर्वक हामीलाई घेराउ गरियो र  गालि गलौज गर्दै ज्यान मार्ने धम्की दिईयाे ।  उहाँले भन्नुभयो”  हतियार सहितकाे भिडमा हामिले केही गर्न सक्ने स्थिति थिएन । जसाे तसाे बचेर आउन सफल भयौ। “

अनियन्त्रित नदि दाेहन गरिएको क्षेत्र २०३२ साल देखि नै विवादास्पद भुमि हाे । उक्त क्षेत्रलाई काभ्रेको भुम्लु गाउपालिकाले आफ्नाे भुगाेल दावि गरिरहेकाे र सिन्धुपाल्चोकले पनि दावि गरिरहेकाे छ । 

तामाङका अनुसार २०७५ सालमा भुम्लु गाउँपालिका काभ्रेले टेण्डर गरि वालुवा उत्खनन गरेर  विक्रि  गरिएको थियोे र पालिकाले राजस्व पनि संकलन गरेको थियो । तर सिमाकाे विषयमा विवाद भएपछि सर्वाेच्चमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश गरि नदिजन्य पदार्थ उत्खननमा राेक लगाएको छ । ततपश्चात मुद्दा किनारा नलागे सम्म काम नगर्ने  दुबै पक्षबिच सहमति भएको थियो ।