एमाले अध्यक्ष ओलि र काङ्ग्रेस नेता के.सि.बिच भेटवार्ता

+
-

मंसिर ,२६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ।

केसी निकट श्राेतका अनुसार एमाले  अध्यक्ष ओलीको निमन्त्रणामा केसीले  आइतबार साँझ ओलीकै निवास बालकोट पुगेर भेटवार्ता गर्नु भएको हो ।

झन्डै २ घण्टा भएको भेटमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे दुई नेताबीच छलफल भएको थियो।

साथै जनजीविकाका सवालमा उठेका आवाज सामूहिक रूपमा समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै उनीहरूले अर्थतन्त्र सुधारका सन्दर्भमा दलबीच एकता  र सहकार्य आवश्यक रहेको दुबै नेताको ठम्याई रहेको छ ।

साथै भेटवार्तामा द्वन्द्वकालीन मुद्दा, चुच्ने नक्सा अनुसारको भूगोल फिर्ता गर्न भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुनुपर्ने, भ्रष्टाचारविरुद्व एक भई लड्ने प्रतिबद्वता, पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा पनि दुई नेताबीच छलफल भएको केसीको सचिवालयले जनाएको छ।

चुनावमा कसैको स्पष्ट बहुमत नआएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ। यसबीच कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा पनि चलिरहेका छन्।  ।