मंसिर, २४
काठमाडौ । काशी हिन्दु विश्वविद्यालयमा अध्याननरत नेपाली विद्यार्थी उत्कृष्ट सावित भएका छन् । भारत कै प्रतिष्ठित काशी हिन्दु विश्वविद्यालयको १०२ औं दिक्षान्त समारोहमा नेपालका ३ विद्यार्थी पुरस्कृत भएका छन् । साे विश्वविद्यालयमा अध्यायन गरि रहेका संस्कृत छात्रहरु उत्कृष्ट हुँदै स्वर्णपदक प्राप्त गरेका हुन ।
ज्योतिष विभागबाट आचार्य परीक्षामा सर्वोत्कृष्ट हुँदै पोखराका आनन्द रेग्मीले एक स्वर्ण तथा एक रजत पदक प्राप्त गर्नु भएको छ भने मकवानपुरका टीकानाथ अधिकारीले आचार्य परीक्षामा सर्वोत्कृष्ट हुँदै एक स्वर्ण पदक तथा वीरगञ्जका अंंकुर शर्माले शास्त्री परीक्षामा ज्योतिष विभागबाट सर्वोत्कृष्ट हुँदै एक स्वर्ण पदक प्राप्त गर्नु भएको छ ।
स्वर्ण पदकबाट सम्मातित भए पश्चात् सञ्चारकर्मीहरु सँग छोटो कुराकानी गर्दै सम्मानितहरुले आफुले प्राप्त गरेको ज्ञानलाई विश्वस्तरमा पुर्याउँदै पूर्वीय सभ्यतालाई संसारमा चिनाउँँन निरन्तर कार्य गर्ने बताउनु भएकाे छ ।


