नेकपा एकीकृत समाजवादीले पठायो प्रदेश समानुपातिक सांसदको नाम

+
-

मंसिर,२४

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ६ वटा प्रदेशसभामा समानुपातिकबाट निर्वाचित हुने सांसदको संख्या टुंगो लगाएको छ ।

प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड नकटाएको उसले प्रदेशसभामा गण्डकी बाहेक अन्यत्र समानुपातिक पद्धतिबाट सिट पाएको छ । जसमा प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेशमा रत्नेश्वर गोइत, किशोरी देवी र लक्ष्मी देवीलाई चयन गरेको एकीकृत समाजवादीले जनाएको छ ।

 

बागमती प्रदेशमका मायादेवी शर्मा, ओमकुमारी श्रेष्ठ, लुम्बिनीमा भगवती अधिकारी, कर्णालीमा कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशमा माया पन्त प्रदेशसभा सदस्य चयन गरेको एकीकृत समाजवादीका महासचिव बेदुराम भूसालले जारि गरेको विज्ञप्तिमा जनाएको छ।