मंसिर ,२४
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकबाट १४ प्रतिनिधिसभा सदस्य पाएको छ ।
प्रतिनिधिसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था भएकोले समानुपातिकमा १४ सिट पाएको माओवादीले १२ महिला र २ पुरुषको नाम निर्वाचन आयोगलाई सिफारिस गरेका छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएकाले माओवादीले १२ जना महिला सिफारिस गर्नु परेको हो ।
माओवादीले समानुपातिक समावेशी प्रतिनिधित्वको आधारमा निर्वाचन आयोगलाई बुझाएको सुचिमा आदिवासी महिलातर्फ काभ्रेबाट मीना तामाङ हुनु हुन्छ ।
मीना तामाङ माओवादी आन्दोलनबाट उदाउनु भएकी एउटि साहसि राजनीतिमा इमान्दार नेतृ मानिनु हुन्छ । २०३४ साल वैशाखमा काभ्रे जिल्लाकाे पाँचखालमा बुबा दिल बहादुर र आमा हिरामाया तामाङको सन्तानको रुपमा उहाँको जन्म भएको थियो ।
हाल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय सदस्य रहनु भएकि नेत्रि तामाङले २०४८ सालमा अनेमसंघ क्ान्तिकारिकाे सदस्यबाट राजनितीक यात्रा सुरु गर्नु भएको थियो । २०५२ सालपछि माओवादी आन्दोलनमा हाेमिनु भएकी उहाँ जनवादी कलाकारीतामा विषेश रुचि राख्नु हुन्थाे ।
उहाँले माओवादी आन्दोलनको समय विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्नु भएको थियोे । सामाजिक र राजनितीक अनुभवले खारिनु भएकि नेतृ तामाङ २०६२/६३ काे जनआन्दोलनमा सकृयता पूर्वक लागेकाेले आजकाे सफलता प्राप्त भएको बताउनु हुन्छ । तामाङले २०६४ र ७० मा काभ्रेबाट संविधानसभा सदस्यकाे उम्मेदवारी दिनु भएको थियोे । उहाँ साे निर्वाचनमा झिनो मतान्तरले पराजित हुनु भएको हो ।
नेकपा माओवादबाट समानुपातिक सांसद मीना तामाङले राष्ट्रिय किसान आयाेग , सहिद परिवार राष्ट्रिय मुक्ति माेर्चाकाे केन्द्रीय सचिव , तामाङ अन्तर्राष्ट्रिय परिषद महिला उपाध्यक्ष , केन्द्रीय जडिबुटी सहकारी संघकाे काेषाध्क्ष भएर सेवा गरि सक्नु भएको छ ।
यस पटक प्रतिनिधि सभामा जनजाति काेटाबाट समानुपातिक सांसद उहाँले संघीय लाेकतान्त्रिक गणतन्त्र संस्थागत गर्न संघीय संसदमा भूमिका खेल्नु हुने छ । उहाँ भन्नु हुन्छ -” पहिचान सहितकाे समावेशी समाज निर्माण गरि जातिय , भाषिक र सांस्कृतिक अधिकार कार्यान्वयन गर्नु मेरो कर्तव्य रहने छ ” ।
मेरो काम महिला अधिकार कार्यान्वयन गर्ने र सामाजिक अर्थ व्यवस्थालाई सुनिश्चित गर्दै सहकारी मार्फत राेजगारी सिर्जना गर्नु नै रहने छ । सासद तामाङ बताउनु हुन्छ ।


