मंसिर ,२३
काभ्रेपलान्चोक । माइती नेपालकि संस्थापक अध्यक्ष तथा पूर्व बाग्मति प्रदेश प्रमुख अनुराधा काेइरालाले जनप्रतिनिधिहरुलाई नै महिला हिंसा हुन दिने छैन भनी सपथ खुवाउनु पर्ने बताउनु भएको छ।
लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको धुलिखेलमा भएको सचेतना कार्यक्रमलाई सम्बाेधन गर्दै काेइरालाले कुर्सीमा बस्ने नेताहरूले विकासको नाममा ठुला भवन मात्र बनाएर हुदैन , कुर्सीमा बस्नु भन्दा अगाडि महिला हिंसा हुन नदिने भनी सपथ खानु पर्ने बताउदै अबका दिनमा महिला तथा बालबालिका माथि भएको दुरव्यवहार र हिंसा विरुद्ध बाेल्ने कि नबाेल्ने भनी प्रश्न गर्नु भएको छ।
उहाँले भन्नुभयो “महिला तथा बालबालिकाहरु परिवारका सदस्य , आफन्त र नजिक चिनजान भएकाबाट पिडित हुने गरेका छन । काभ्रेको राेशी गाउपालिकामा महिला र बालबालिका बढि मात्रामा बेचबिखनमा परेको तथ्यांक माइती नेपालमा रहेको छ “। काेभिडकाे बेला वलात्कारबाट पिडित काभ्रे घर भएका बालिका र तिनका आमालाई माइती नेपालले संरक्षण गरेको पनि स्मरण गर्नु भयो ।
यसै हप्ता पनि ११वर्षिय बालिका वलात्कारबाट पिडित भएर प्रहरीकाे सहयोगमा माइति नेपालमा पुगेकी छन्। यि र यस्ता घटनाले आफुलाई पिडाबाेध हुने भन्दै उपस्थित नेतागण र मान्यजनहरुलाई अब चुप लागेर नबस्न सुझाव दिनु भएको छ।
जिसस काभ्रेपलान्चोकले गरेको कार्यक्रममा प्रमुख अतिथि अनुराधा काेइरालाकाे उपस्थिति रहेको थियो । साथै , मंसिर ४ गतेकाे निर्वाचनबाट निर्वाचित सांसदहरु , १३ वटै पालिकाका प्रमुख र उप प्रमुख , सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीहरु लगायत कलाकारहरु र विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागीता रहेको थियो ।


