दिपक मनाङ्गे नेकपा एकीकृत समाजवादीमा प्रवेश

+
-

 

मंसिर, १९
काभ्रेपलान्चोक । मनाङ प्रदेशसभा २ बाट स्वतन्त्र उमेदवारी दिएर निर्विरोध निर्वाचित भएका (राजीव गुरुङ) दीपक मनाङे नेकपा (एकीकृत समाजवादी )पार्टी प्रवेश गर्नु भएको छ।

मनाङ्गेलाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको हो ।

स्वतन्त्र उमेदवारी दिएर निर्वाचित मनाङेले एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एसको संगठनमा आबद्ध भएको बताउनु भएको छ । उहाँले स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे पनि अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीमा आबद्ध भएर गरिने पहलकदमीले काम प्रभावकारी हुने निष्कर्षमा पुगेको बताउनुभयो ।