मंसिर ,१९
काठमाडौ । समाजवादी प्रेस सगठनका केन्द्रीय उपमहासचिव रामकुमार एलन माथि सांघातिक आक्रमण भएको छ। संचारमाध्यममा समाचार लेखे बापत नेपाली काङ्ग्रेसका आपराधिक जत्थाले पत्रकार एलन माथि आक्रमण गरेका हुन ।
घटना प्रती घाेर भत्सना व्यक्त गर्दै समाजवादी प्रेस संगठन नेपालले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
संगठनका महासचिव भुपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ आफूलाई नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वाल सहितका करिव २०-२२ जनाको आपराधिक जत्थाले पत्रकार एलन माथि आक्रमण गरेको हो ।
पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गयो । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ । पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ विज्ञप्तिमा भनिएको छ ।
समाजवादी प्रेस संगठन नेपाल उक्त घटनाको घोर भत्र्सना गर्दछ । उक्त घटनासँग सम्बन्धित र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकार समेतको पहिचान गरी कडा भन्दा कडा कानुनी कारवाहीको माग गर्दछौँ जारी विज्ञप्तिमा भनिएको छ ।


